logo
  • शनिबार, असोज १७ २०८३

कञ्चनपुरमा बाढीले कलभर्ट भत्कियो, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८१

कञ्चनपुरमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

बेदकोट नगरपालिका -७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।

कल्भर्ट भत्किएकाले अवरुद्ध  सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए।

आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन्।

डुबानमा परेकाहरूलाई सुरक्षाकर्मी लगायत विपद् व्यवस्थापनमा खटिएको टोली र स्थानीयहरूले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको डिएसपी जोशीले जानकारी दिए।

उनका अनुसार वर्षाका कारण महाकाली पारीको स्थानीय तह दोधाराचाँदनी नगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन्।

घर डुबानमा परेपछि स्थानीयहरू सुरक्षित ठाउँमा सर्दैछन्।

यस्तै भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार लगायत ग्रामीण ठाउँका घर पनि डुबानमा परेका छन्।

पुनर्वास नगरपालिका, बेदकोट, कृष्णपुर लगायत स्थानीय तहका बस्तीमा डुबान भएको प्रहरीले जनाएको छ।

डुबानका कारण कृष्णपुरमा ७ महिने बालकको मृत्यु भएको छ।

अविरल वर्षाकै कारण कैलालीको भजनी र कैलारी गाउँपालिकाका केही वस्तीहरू डुबानमा परेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend