logo
  • शनिबार, असोज १७ २०८३

केएर स्टार्मर बने बेलायतका प्रधानमन्त्रीकेएर स्टार्मर बने बेलायतका प्रधानमन्त्री


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८१

लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्।

भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको बिबिसीले जनाएको छ। १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ।

लेबरले ४१२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषी सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १२१ सिट जितेको हो। त्यहाँ सरकार बनाउन ३२५ सिट जित्न पर्छ।

बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन्।

नयाँ प्रधानमन्त्री केएर स्टर्मर १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमा सरिसकेका छन्। सुनकले आम निर्वाचनमा पराजित हुनुमा आफ्नो कमजोरी रहेको स्वीकार्दै राजीनामा दिन बकिङहम प्यालेसमा पुगेका थिए।

 

त्यस्तै स्टार्मरलाई पनि नयाँ सरकार बनाउन प्यालेसमा बोलाइएको थियो।

स्टार्मर प्रधानमन्त्री नियुक्त भएसँगै १० डाउनिङ स्ट्रिटमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend