पब्लिक सूचना
अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार बिहान टेक्सासको एनआरजी स्टेडियममा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।
अर्जेन्टिनाको सेमिफाइनलमा स्थान सुनिश्चित गर्न गोलकिपर इमिलियानो मार्टिनेजले टाइब्रेकरको सुरूवाती दुई प्रहार छेके।
टाइब्रेकरमा सुरूवात अर्जेन्टिनाले गर्दा कप्तान लियोनल मेसी गोल गर्न चुकेका थिए। मेसीको प्रहार क्रस बारमा लागेको थियो।
मेसीको प्रहार असफल भएपछि निराश छाएको मैदानमा मार्टिनेजले इक्वेडरको दुई प्रहार छेकेपछि उत्साह थपिएको थियो।
मार्टिनेजले सुरूवाती दुई प्रहार छेकेपछि अर्जेन्टिना टाइब्रेकरमा ४-२ ले विजयी हुँदै सेमीफाइनलमा पुगेको हो।
त्यसअघि खेलमा ५ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा इक्वेडरका केभिन रोद्रीगेजले गोल गर्दा खेल १-१ को बराबरीमा टुंगिएको थियो।
३५ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाएका थिए।
दोस्रो हाफ पछि इक्वेडरले पेनाल्टी पाए पनि गोल गर्न सकेको थिएन।
समूह ‘बी’ को उपविजेता बनेको इक्वेडर क्वाटरफाइनलबाट बाहिरिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend