logo
  • शनिबार, असोज १७ २०८३

रड लागेर मजदुरको मृत्यु


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८१

धनकुटा, असार २० गते । फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ । धनकुटाको साँगुरी गढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एक जना मजदुरको मृत्यु भएको हो ।

उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर रहनु भएको छ ।

मङ्गलवार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उहाँको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमै उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend