logo
  • शनिबार, असोज १७ २०८३

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ७ पुग्यो


  • दिपेश घिमिरे
  • मंगलबार, असार १२ २०८०

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । प्रहरीले सुधीरकुमार शाहलाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या ७ पुगेको हो ।

सुधीरकुमार शाहलाई धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको एआईजी किरण बर्जाचार्यले जानकारी दिइन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend