logo
  • शनिबार, असोज १७ २०८३

आजदेखि नूनको मूल्य प्रति किलोग्राम तीन रुपियाँले बढ्यो


  • पब्लिक सूचना
  • बुधबार, असार २० २०८१

Spices. Heap of salt on the table

काठमाडौँ, असार १९ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend