logo
  • शनिबार, असोज १७ २०८३

टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा


  • पब्लिक सूचना
  • शुक्रबार, असार १५ २०८१

South Africa's Kagiso Rabada, right, is congratulated by teammates after dismissing Afghanistan's Ibrahim Zadran during the men's T20 World Cup semifinal cricket match between Afghanistan and South Africa at the Brian Lara Cricket Academy in Tarouba, Trinidad and Tabago, Wednesday, June 26, 2024. (AP Photo/Ricardo Mazalan)

ट्रीनिडाड, असार १३ गते । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले लज्जास्पद प्रदर्शन गर्दै ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनाएको थियो। अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका यान्सन र तबरेज साम्सीले तीन तीन विकेट लिनुभयो । कागीसो रवाडा र एन्रिक नोर्कियाले दुई दुई विकेट झार्नुभयो ।

जितका लागि ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले २९ र कप्तान एडन मारक्रमले २३ रन बनाउनुभयो । ओपनर क्वीन्टन डी कक पाँच रनमा आउट हुनुभएको थियो । अफगानिस्तानका फजलाक्यू फारोक्वीले एक विकेट लिनुभयो । अर्को सेमिफाइनलमा साबिक विजेता इङ्गल्यान्ड र भारतबिच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend