logo
  • शनिबार, असोज १७ २०८३

सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन


  • पब्लिक सूचना
  • सोमबार, असार ११ २०८१

१० असार, काठमाडौं । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन्

प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् ।

उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।

पीडितहरुको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन पनि गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend