पब्लिक सूचना
तनहुँ, असार ६ गते । बुधबार रातीदेखि परेको अविरल वर्षाले कल्भट बगाए पछि अवरुद्ध भनेको भानु मार्गको अवरोध बिहीबार बिहान ११ बजेबाट हटेको छ ।
भानु मार्गको डुम्रे–चन्द्रावती खण्डमा पर्ने भानु नगरपालिका–६ टुहुरेपसलस्थित खत्री खोलामा आएको बाढीले क्षति पुर्याएको कल्भटको मर्मत सम्भार गरी यातायात सूचारु गरिएको हो ।
स्थानीय बासिन्दालाई समस्या नपरोस् भनेर बिहीबार बिहानैदेखि कल्भट मर्मत गरी यातायात सूचारु गरिएको भानु नगरपालिकाको उपप्रमुख गोतामेले बताउनुभयो । यातयात अवरुद्ध हुँदा भानु नगरपालिका वडा नम्बर ६, ७ र १३ का बासिन्दा प्रभावित भएका थिए । भानु नगरपालिका–१३ चन्दावतीका कुवेर खनालले यस मार्गका उपभोत्ता वषौं अघिदेखि पुलको माग राख्दै आए पनि पूरा नहुँदा जनताले सास्ती भोग्नु परेको बताउनुहुन्छ । खनालका अनुसार गत वर्ष पनि कल्भट बाढीले बगाएको थियो ।
खत्री खोला ठाडो खोला भएकाले पुल बनाउनुको विकल्प नभएको खनालको भनाइ छ । भानु नगरपालिकाको उपप्रमुख उमा गोतामेले मोटर गुड्ने पुल निर्माणको लागि सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको भए पनि बजेट विनियोजन नगरेकाले बनाउन नसकिएको उपप्रमुख गोतामे बताउनुहुन्छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend