पब्लिक सूचना
काठमाडाैं, असार ६ गते । लिटील मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियर तर्फकाे उपाधि बिप्सना राजवाक र सिनीयरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा बुधवार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा जुनियरतर्फ अक्षदा श्रेष्ठ फस्ट रनरअप, आर्या लम्साल सेकेन्ड रनर अप, सौरभ ढलकोटी थर्ड रनरअप र सर्वज्ञ न्यौपानेले फोर्थ रनर अपकाे उपाधि जित्नुभएकाे हाे ।
त्यस्तैगरी, सिनीयरतर्फ अर्थमा पाण्डे फस्ट रनर अप, एरिसा प्रजापति सेकेन्ड रनर अप सान्वी श्रेष्ठ, थर्ड रनर अप र शिवानी खत्री फोर्थ रनर अप हुन सफल भएका हुन् ।
चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा करिब तीन दर्जन बालबालिकाहरूले तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक फोटोसुट, वौदिक क्षमता विकास लगायतका विषयहरूमा तालिम लिएका थिए ।
कार्यक्रममा सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको छ । जसमा जुनियरतर्फ वेस्ट ट्यालेन्ट र मोस्ट पपुलर बिप्सना राजवाहक, मिस डेडिकेटेड अक्षदा श्रेष्ठ, वेस्ट क्याटवाक आर्या लम्साल, मिस्टर कन्फिडेन्ट सौरभ ढल्कोटी, मिस्टर प्यासोनेट सर्वज्ञ न्यौपाने, मिस फोटोजेनिक आराध्या कार्की, मिस स्मार्ट अनुषा डाँगी, मिस्टर पर्सनालिटी रियांश गौतम, मोस्ट चार्मिङ मोनिस्का काफ्ले, मिस्टर प्लिजेन्ट सात्भिक श्रेष्ठ, मिस सिनसियर प्रनिशा के।सी।, मिस्टर एक्टीम संस्कार डांगी, मिस्टर वेस्ट डिसिप्लिन आदर श्रेष्ठ, मिस डिलिजेन्ट रानिया ओली र मिस्टर इनोसेन्ट खुविराज आपागाई हुन सफल भएका थिए ।
त्यस्तै सिनीयरतर्फ मिस्टर एट्राक्टिभ स्वयं थामी, मोस्ट कन्फिडेन्ट अर्थमा पाण्डे, मिस स्मार्ट र मोस्ट पपुलर एरिशा प्रजापती, वेस्ट ट्यालेन्ट सान्वी श्रेष्ठ, मिस डेडिकेटेड शिवानी खत्री, वेष्ट फोटोजेनिक स्वर्णिमा ओली, मिस्टर पर्सनालिटी अभिनव महत, मिस्टर क्याटवाक रुद्र वस्याल, मिस क्याटवाक रोशनी आपागाइ, मिस एयाक्टीम समृद्धि शाह, मिस डाइनामिक आयुशा खड्का, मिस्टर स्मार्ट अनिष पराजुलि, मिस डिलिप्जेन्ट प्रिया गौतम, मिस्टर चियरफुल प्रियजन बुढा, मोस्ट इन्डयुरिङ एन्जिला अवाल र मिस प्यासोनेटका साथै पब्लिक भिडीयो अवार्ड दृष्टि पौडेलले प्राप्त गर्न सफल भएका छन् ।

सौन्दर्यविद् डा. रेखा थापा, मोडल एवम् मिस्टर ह्याण्डसम नेपाल-२०१९ अभिषेक खड्का क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, ब्युटिसियन नेपाल २०२४ सृजना गुरुङ, मिसेस डिभा नेपाल २०२२ सोनिका राइ, मोडल एवम् ब्युटिसियन नेपाल २०२२ रनर अप दिलासा श्रेष्ठ र क्यापिटल क्विन नेपाल २०२४ रमिता भण्डारी निर्णायक मण्डल रहेको सो कार्यक्रममा प्रतियोगीहरुले परिचयात्मक, प्रश्नोत्तर फेसन शो, लिखीत चरणमा उत्कृष्ट प्रस्तुति दिएका थिए ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend