logo
  • शनिबार, असोज १७ २०८३

दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्ड वरीयतामा छैटौँ स्थानमा उक्लिए


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८१

काठमाडौँ, असार ५ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकेटको अलराउन्डरतर्फ विश्वकै छैटौँ वरीयतामा उक्लिनुभएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको वरीयतामा तीन स्थान सुधार गर्दै ऐरी छैटौँ स्थानमा पुग्नुभएको हो। उहाँ भारतका अलराउन्डर हार्दिक पाण्डेय, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अलीलाई पछि पार्दै छैटौँ स्थानमा उक्लिनुभएको हो।

यो नेपाली खेलाडी पुगेको उच्च वरियता हो। उहाँ यसअघि ९ औँ स्थानमा हुनुहुन्थ्यो। जारी विश्वकपमा अलराउन्डर ऐरीले तीन खेलमा ६ विकेट लिनुभएका ऐरीले ब्याटिङतर्फ २६ रन मात्र बनाउनुभएको थियो।

अलराउन्ड सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा हुनुहुन्छ भने  श्रीलङ्काका वानिन्दु हसरंगा दोस्रो र बङ्गलादेशका सकिब अल हसन तेस्रो स्थानमा हुनुहुन्छ। चौथो स्थानमा जिम्बाबेका सिकन्दर रजा हुनुहुन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend