logo
  • आइतबार, असोज १८ २०८३

पासाङ र ऋदिको विजयी सुरुवात


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८१

काठमाडौँ, असार ५ गते । नेपाल स्क्वास एन्ड राकेट्स सङ्घको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स सङ्घको भवनमा रहेको स्क्वास कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन पुरुष ओपनमा पासाङ ब्लोन लामा, ऋद्धि शाक्य, राज महर्जन र विकास तुम्सिङ मगरले विजयी सुरुवात गर्नुभयो ।

चौथो वरियताप्राप्त पासाङले आभान श्रेष्ठलाई सजिलै ११–६, ११–० र ११–५ को सोझो सेटमा पराजित गर्नुभयो । यसैगरी पाँचौँ वरियताका विकासले आरम्भ श्रेष्ठलाई ११–३, ११–६ र ११–२ ले सजिलै हराएर दोस्रो चरणमा स्थान बनाउनुभयो । अभान र आरभ पोखरा स्क्वास एसोसिएसनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुनुभएको छ ।

छैटौँ वरियताप्राप्त धीर पुन भने सुरुका दुई सेट आफ्नो पक्षमा पारेर पनि पहिलो चरणबाटै बिदा हुनुभयो । उहाँ पाँच सेटमा राज महर्जनसँग ६–११, ७–११, ११–७, १२–१० र १२–१० ले स्तब्ध हुनुभएको हो । ऋदिले पनि यान राईलाई सोझो सेटमा ३–० ले हराएर पहिलो चरण पार गर्नुभयो ।

मास्टर्स ४५ प्लसमा राजेन्द्र शाक्यले इन्द्रबहादुर कार्कीलाई ११–३, ११–५, ११–७, प्रज्ज्वल प्रधानले गुलाम अलीलाई ११–७, ११–५, ७–११, ११–५, दिलीप अधिकारीले एस। चड्डालाई ११–५, ११–७, ११–७ तथा शैलेस अमात्यले अनिल बज्राचार्यलाई ११–८, ६–११, ११–६, ६–११ र १२–१० ले पराजित गर्नुभयो । यसैगरी जितेन्द्र जोशी, रत्न महर्जन र जिएम शाह, धीर पुनलाई सोझो सेटमा हराएर अर्को चरणमा पुग्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend