पब्लिक सूचना
काभ्रेपलाञ्चोक, असार ४ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको सङ्ख्या २८८ पुगेको छ ।
हाल बैंकको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोर्ड सेवा, पिओसि सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने यूसिसिडी मोबाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend