पब्लिक सूचना
लहान, असार २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डल’ले चुरे तराई–मधेसका लागि जीवनरेखाको रुपमा रहेको बताउनुभएको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ दसौं चुरे संरक्षण दिवसको अवसरमा मिर्चैैया नगरपालिका –७ लक्ष्मी सामुदायिक वनमा आयोजित वृहत्त वृक्षारोपण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
‘चुरेबाट अवैद्य रुपमा निकासी भइरहेको ढुङगा गिटी वालुवा रोक्न, चरिचरण रोक्न र बन जङगलमा लाग्ने डढेलो रोक्न आवश्यक ऐन कानुन बनाउन जरुरी छ । वातावरणीय अध्ययनले दिएको प्रतिवेदनअनुसार मात्र गिटी ढुङ्गा अब निकाल्न पाउने कानुन बनाउन सरकार गृहकार्यमा लागेको छ’ उहाँले भन्नुभयो ।
तराई मधेशको उर्वरा शक्ति कायम राख्न खानेपानीका लागि देखिएका जोखिम हटाउन १० हजार हेक्टर खाली जग्गामा वृक्षरोपण अभियान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले थप्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चमा समेत जलवायु संरक्षणको लागि बढ्दो तापक्रम नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा पहल गर्न पर्वतीय देशको सम्मेलन निकट भविष्यमा नै हुनेछ ।’
सुनकोशी कमला मरिन डाइभर्सन १३ किलोमिटर निर्माण कार्यको ब्रेक थ्रु भैसकेको प्रधानमन्त्री दाहालले भन्दै यस परियोजनाबाट सिरहा सप्तरी र धनुषा जिल्लामा सिँचाइ हुने र चुरेका लागि समेत पानी रिचार्ज हने कार्य अघि बढिसकको बताउनुभयो ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले राष्ट्रपति तराई मधेश संरक्षण समितिले १० वर्षमा पाँच लाख १५ हजार ९४१ विरुवा रोपिएको तथ्याङक रहेको भन्दै रोपिएका विरुवाहरु हुर्कियो कि हुर्किएन त्यसतर्फ ध्यान जानुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वालुवा र पत्रे चटानबाट बनेको चुरेको कमलो बनावटका कारण यसको संरक्षण गर्न तीनै तहको सरकारको साझा अभियान बनाएर अघि बढ्न जरुरी छ ।’ कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साहले तराई–मधेशको विकासका लागि चुरे संरक्षण आवश्यक रहेकाले यसको संरक्षणका लागि मन्त्रालयले सतहमा नै देखिनेगरी कार्यक्रम ल्याउन लागेको विश्वास व्यक्त गर्नुभयो ।
चुरे क्षेत्रमा नरहेको रुपमा विस्तार गर्न आवश्यक रहेको मधेश प्रदेशको मुख्यमन्त्री सतिसकुमार सिंहले भन्दै यस वर्षको बजेटमा बाटोघाटो र नयाँ निर्माण हुने सडकको छेउमा वृक्षारोपण गर्न प्रदेश सरकारले कार्यक्रम समेटिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सिरहा –३ र ४ का संघीय सासदहरु क्रमशः लिलानाथ श्रेष्ठ र विरेन्द्रकुमार महतोले सिरहामा चुरे संरक्षणका लागि विशेष प्याकेज र ६ लेनको निर्माण भइरहेको राष्ट्रिय लोकमार्गको कार्यमा ढिलाइ हुँदा वर्षमा हिलो र सुख्खा समयमा धुलोको समस्या समाधान गर्न प्रधनमन्त्रीको ध्यान आकर्षण गराउनुभयो ।
सिरहामा ९.०२ प्रतिशत वन विनास भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी गराउँदै समयमा चुरेलाई हराभरा बालुवा गिटी निकाल्ने कार्य रोक्न सकिएन भने खानेपानी र कृषिको क्षेत्रमा ठूलो सङ्कट आउने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री भरत साह, पर्यटन तथा उद्योगमन्त्री युवराज भट्टराई, वनमन्त्री त्रिभुवन साह, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव र सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतोलगायतका उपस्थिति रहेका थियो । वृक्षारोपण कार्यको व्यवस्थापन वन तथा पर्यावरण सुरक्षा गण रानीवास सिन्धुलीले गरेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend