पब्लिक सूचना
sf7df8f}F, !! c;f/M
k|ltlglw;ef a}7sdf dGqL a:g]t
:jf:Yo tyf hg;ªVof dGqL df]xgaxfb'/ a:g]t ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf dGqfnocGtu{t ljlgof]hg ljw]os @)*) sf] ljleGg zLif{sdflysf] 5nkmndf p7]sf k|Zgsf] hjfkm lbg'x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;
काठमाडौं, असार १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रस्टीकरण दिनु भएको हो । मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजनाहरु बनाउने काम भइरहेको समेत बताउनुभयो ।
‘‘यो बीमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राइभेट हस्पिटल, मेडिकल कलेजहरूले पनि यो सम्झौता अवधि सकिएकाहरूले सुरुमा रिनो नगरेको अवस्थाले पनि केही समस्या परेको छ । साढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भइसकेको छ । ७० लाख नागरिक बीमामा आबद्ध छन् । ४६० निकायहरूले निजी, सरकारी र सामुदायिक सबैसँग सहकार्य गरेर काम गरेको अवस्था हो ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘र, यो बीमा बुझ्ने सम्बन्धमा अनलाइन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो । जनताका लागि यो धेरै ठुलो सेवा हो । तर व्यवहारिक रूपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरू भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रूपमा अगाडि बढाउने कार्ययोजनाहरु चाहिँ तयार भइरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।’’
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरूको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटक पटक दोहोर्याउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend