logo
  • शनिबार, असोज १७ २०८३

तीन किलो सुन र ३५ केजी चाँदी चोरी


  • पब्लिक सूचना
  • आइतबार, असार ३ २०८१

भरतपुर, असार २ गते ।  चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी  वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट  करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले  नगद   दुई लाख  रुपैयाँ समेत चोरेको पीडितले जनाएका बताउनुभयो ।

हतियार धारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी  भएको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक कै नेतृत्वमा टोली गठन भई  सूक्ष्म अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend