logo
  • शनिबार, असोज १७ २०८३

सिटौला र आरजुलाई पक्राउ गर्न कुनै आदेश दिइएको छैन : गृह प्रवक्ता


  • पब्लिक सूचना
  • मंगलबार, असार १२ २०८०

काठमाडौं, असार १२  गते । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र सांसद डा.आरजु राणा देउवालाई पक्राउ गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट ‘कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन नदिएको’ गृह मन्त्रालयले स्पष्ट पारेको हो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई फक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा एउटा अखबारमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सोमबार त्यसको खण्डन गर्दै सो स्पष्टोक्ति दिनुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend