logo
  • शनिबार, असोज १७ २०८३

नीति तथा कार्यक्रमको समय सारियो


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २९ २०८१

जनकपुर, जेठ २९ गते । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको समय सारिएको छ । मधेश सरकारले मङ्गलबार साँझ ६ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकेको छ । यसअघि आजै दिउँसो २ बजे सो नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकिएको थियो ।

संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारकोतर्फबाट मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गरिने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राविधिक कारण देखाउँदै नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै साँझ ६ बजे गरिने भनेर पछिल्लो पत्र प्राप्त भएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend