logo
  • शनिबार, असोज १७ २०८३

धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २९ २०८१

जुम्ला, जेठ २९ गते । जुम्ला निवासी वरिष्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिन पुस्तकको सम्वाद गरिएको छ । काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचिन गर्नुभएको पुस्तकहरु गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा पुस्तकको सम्वाद गरिएको हो ।

लेखक धितालको गृह जिल्ला जुम्ला पत्रकार महासंघको हलमा गरिएको सम्वाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व, राजनैतिकदल, प्रशासन, वुद्धिजिवीले धितालको कृति निकै महत्वपूर्ण रहेको बताएका छन् । माओवादीले थालेको जनयूद्धमा होमिएका धितालले तत्कालिन जनयूद्धमा भएका क्रियाकलाप तथा इतिहासका रुपमा लिपिवद्ध भएकोमा पुस्तकहरुको आफैमा महत्व रहेकोमा जोड दिइएको छ ।

पुस्तकको टिप्पणी गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले पुस्तक आफैंमा इतिहासको जीवित दस्तावेज भएको बताउनुभयो । उहाँले पिलीयात्रा पुस्तक पश्चिम नेपालमा भएको तत्कालिन घटना भएको बताउँदै घटनाको विषयमा तत्कालिन समयमा भएका गतिविधिको उल्लेख गर्नुभयो । उहाँले पुस्तकमा कर्णाली क्षेत्रमा भएको ठुलो घटना जनयूद्धको अन्तिम समयमा भएको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका प्रमुख शुरबहादुर सिंहले गुफा प्रेसका चिठीको टिप्पणी गर्नुभयो । उहाँले युद्धमा एक साथी अर्कोमा सञ्चार गर्न, दुख, सुख, रोदन र क्रियाकलपाको विषयमा सञ्चार गरिरहेको पाइने बताउनुभयो । २५३ वटा विभिन्न जनयूद्धको मोर्चामा लागेका व्यक्तिका पत्रको संगालो गुफा प्रेसका चिठी रहेको बताउँदै यसले पुरानो सञ्चार माध्यामको उजागर र दस्तावेजीकरण गरेको जोड दिनुभयो ।

लेखक तथा साहित्यकार खडानन्द चौलागाईले धितालको जेल यात्राको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनमा उत्रिदा जेल भुक्तान गरेको बिषय निकै संघर्षको कथा रहेकोमा बताउनुभयो । उहाँले पुस्तकको डिजाईन, आकार, कभर पेजमा तस्बिर निकै राम्रो भएको बताउदै पुस्तकमा केही अनुच्छेद लामो भएकोले अनुच्छेद छोटो हुन आवश्यक रहेको सुझाव दिनुभयो ।

कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले राजमार्ग यात्रा पुस्तकको समिक्षा गर्नुभयो । उहाँका अनुसार राजमार्ग क्षेत्रमा भएका तत्कालिन गतिविधिको बिषयमा पुस्तकले प्रष्ट्याएको छ । शर्माले कितावमा तत्कालिन समयको राजमार्गयात्रा सहितको समग्र पुरस्तकमा हामी देशका लागि दौडिरहेका र लडिरहेका सन्देश सास्कृति ढंगबाट पनि प्रस्तुत भएकोमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका वुद्धिजिवी संगठन जुम्लाका अध्यक्ष हिक्मत बुढ्थापाले कितावले आफैंमा त्यसवेलाका गतिविधिका बिषयमा जोड दिइएको बताउँदै यसको सवल पक्षमा जनयूद्ध आफैमा एउटा अवस्था थियो । यसको इतिहास प्रकाशित भएको छ, पुस्तकमा तत्कालिन समयका भाषामा केही सुधार्नुपर्नेमा जोड दिनुभयो ।

पुस्तकको समिक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले तत्कालिन अवस्थामा भएका र लागेका कुराहरुलाई दस्तावेजीकरण आफैंमा महत्व भएको बताउँदै लेखकलाई विकास र समृद्धिको क्षेत्रमा कलम चलाउन अनुरोध गर्नुभयो । उहाँले यतै धेरै मिहिनेत गरेका किताब हरेकले राख्नुपर्न सुझाव दिनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले हरेक वेलाका क्रान्तिलाई सघाउने केही दस्तावेजको महत्व भिन्नै हुने भएकाले त्यसवेलाको समयमा भएका काममको लेखक धितालले गरेको मिहिनेतका लागि बधाई दिनुभयो । उहाँले अव हरेक क्षेत्रबाट समाजवादी यात्राका लागि सवैले सघाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज विर्खबहादुर शाहीले युद्धमा भोगेका बिषयमा लेखकले थालेको इतिहास पढ्न पाउने अवसर जनयूद्धका डायरी पुस्तकले दिने बताउँदै त्यतिवेला भिरपाखा, खोलानाला सहित अनेकन दुख पुस्तकले दर्शाएकोमा जोड दिनुभयो । उहाँले नेपाल कम्यूनिष्ट पाटीृले थालेको जनक्रान्तिमा समेत १२ जना सहिद भएको बताउदै पछिल्ला विषयमा सवैको ध्यान हुन आवश्यक रहेको छ ।

क्रान्तिकारी कम्यूनिष्ट पार्टीका जिल्ला ईन्चार्ज प्रेम प्रकाश ओलीले धितालका प्रकाशित कितावको अवस्था युद्धमा भोगेका कारण आज अध्ययन गर्न पाइने अवसरका लागि धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठनका कर्णाली अध्यक्ष देवेश्वर गिरीले विद्यालय स्तरमा समेत किताब पुग्न आवश्यक रहेको छ ।

लेखक मनऋषि धितालले आफू जन्मेको स्थानमा किताबको सम्वाद तथा शुभकामनाको प्रेणा भिन्नै रहेको जोड दिदै धन्यवाद ज्ञापन गर्नुभयो । २४ वर्षको युवा जेलमा बस्दा देखी आन्दोलनको पृष्भूमिमा लाग्दाका कैयौ संघर्ष डायरीमा रहेको बताउनुभयो । उहाँले बेनि यात्रामा जुम्ला, सिञ्जा र सिमिकोटको यात्रा समेत उल्लेख रहेको जानकारी दिनुभयो । उहाँले किताव प्रकाशन, लेखनमा सघाउनेलाई धन्यवाद दिदै गृह जिल्लाले दिएको प्रेरणाका बिषयमा धन्यवाद ज्ञापन गर्नुभयो । कर्णाली सम्वाद कार्यक्रमका अध्यक्ष तथा ईलमका संरक्षक खेमराज लकाईले कर्णालीका गाउँका आथित्यता देख्दा गर्व लागेको बताउँदै लेखक धिताल पूर्ण सवेदना सहितको मानव रहेको आफूले महशुस गरेको छु । उहाँले जर्मनी सहित विश्वमा भएका दुखत घटनाको ईतिहास रहेको बताउदै नेपालमा जनयूद्धको ईतिहास पुस्तकबाट जानकारी हुनेमा जोड दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend