पब्लिक सूचना
जनकपुर– मधेश सरकारले आज प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
नीति तथा कार्यक्रम प्रस्तुतिका लागि दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।
जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यस वर्ष केही ढिला भएको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend