logo
  • शनिबार, असोज १७ २०८३

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडी तोडफोड र आगजनी


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ २७ २०८१

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्।

आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका हुन्।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो।

निजी स्कुलहरुले मनपरि शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरी भनाइ छत्यसक्रममा नगर प्रहरीमाथी उनीहरुले आक्रमण गरेको प्रहरी भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend