logo
  • शनिबार, असोज १७ २०८३

ग्लोबल आइएमई र त्रिवेणी मोटोकर्पबिच समझदारी


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ २५ २०८१

काठमाडौँ, जेठ २५ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा बैङ्कका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अर्नुजकुमार गोयलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारी अनुसार बैङ्कले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटोछरितो र सहज कर्जा प्रवाह गर्ने छ ।

बैङ्कले ग्रिन फाइनान्सिङ प्रवर्धन गर्न विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसै गरी बैङ्कले व्यक्तिगत रूपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैङ्कले मुलुकका ७७ वटै जिल्लामा ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend