logo
  • शनिबार, असोज १७ २०८३

समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका : केसी


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा केसीले छानबिन समितिमा सत्तामा बसेका मान्छेहरू रहेकाले समितिले निकाल्ने प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन् ।

“सहकारी क्षेत्रमा सत्तामा रहेका मान्छेहरूले नै बदमासी गरेकाले यसअघिका विभिन्न समितिका प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन,” उनले भने, “अहिलेको समिति टालटुल गर्ने र दोषीलाई जोगाउने माध्यम बन्न सक्छ ।”

उनले सहकारीको बदमासी गर्नेविरुद्ध संगठित भएर आवाज उठाउनुपर्ने धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend