logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौंमा सुरू भयो आदिवासी जनजाति चलचित्र महोत्सव


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ २४ २०८१

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौंमा बुधबारदेखि चौथो आदिवासी जनजाति चलचित्र महोत्सव सुरू भएको छ।

काठमाडौंको राष्ट्रिय सभागृहमा औपचारिक रूपमा सुरू भएको आदिवासी जनजाति चलचित्र महोसत्वमा नेपालमा रहेका विभिन्न जनजातिका विविध विषयका चलचित्रहरू देखाइने छ।

महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिहरूका संस्कृतिक झाँकीसमेत देखाइएको थियो।

चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरूको मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरूको दस्तावेजीकरण, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महासंघले हरेक वर्ष आदिवासी जनजाति चलचित्र महोत्सव गर्दै आएको आयोजकले जनाएको छ।

यस्तै महोत्सवभरि प्रदर्शन भएका चलचित्रहरूलाई विधागत रूपमा पुरस्कृत गरिनेछ भने सर्वाधिक मनपराइएको चलचित्रलाई पब्लिक च्वाइस अवार्डसमेत प्रदान गरिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend