पब्लिक सूचना
काठमाडौँ, जेठ २२ गते । सन् २०२४ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका हुन् । तीमध्ये मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्ड निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यो वर्ष नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये पहिलो स्थानमा भारतीय र दोस्रोमा अमेरिकी छन् । यसअघि दोस्रो ठुलो बजार रहेको चिनियाँ पर्यटक बढाउन सके सरकारले आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सहज देखिन्छ ।”
हाल नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या ४२ प्रतिशत रहेको र चिनियाँ पर्यटकको सङ्ख्या नौ प्रतिशत मात्रै रहेकाले सन् २०२४ भित्र चिनियाँ पर्यटकको सङ्ख्या १२ देखि १५ प्रतिशतसम्म पुग्ने गरी प्रवर्धन भइरहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend