पब्लिक सूचना
काठमाडौँ । मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन इन्सेकले आग्रह गरेको छ । गृहमन्त्री रवि लामिछानेको यो निर्णय कानुन विपरीत भएको इन्सेकले शुक्रबाबर विज्ञप्तिमार्फत जनाएको छ ।
इन्सेकले गृहमन्त्री लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्ट्याटस लेख्दै मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउने जनाएको भोलिपल्टदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयंसेवक नाम दिएर श्रममा खटाउन थालेको र सवारी ऐनमा व्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनको प्रतिस्थापन गर्न खोजेको उल्लेख गरेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend