logo
  • शनिबार, असोज १७ २०८३

‘छक्कापञ्जा ५’को छायांकन आजदेखि, वर्षा सिवाकोटी शीर्ष अभिनेत्री


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । ‘छक्कापञ्जा ५’को छायांकन आजदेखि सुरु हुँदैछ । निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् ।

जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि फिल्ममा छन् ।

पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ । राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई विहे गरेको देखिन्छ । माग्ने बुढा छेउमा उभिएका छन् ।

अन्य कलाकारबारे खुलाइएको छैन । दीपाश्रीले निर्देशन गर्ने यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend