logo
  • शनिबार, असोज १७ २०८३

सुनको मूल्य निरन्तर उकालोतिर


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौँ,  जेठ १७ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु. दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनकाे भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ । बुधबार रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend