logo
  • शनिबार, असोज १७ २०८३

बंगबन्धु कप कबड्डीमा नेपालको लगातार तेस्रो जित


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १७ २०८१

१७ जेठ, काठमाडौं । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो ।

उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए ।

नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो ।

नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको अन्तिम खेल शुक्रबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend