logo
  • शनिबार, असोज १७ २०८३

गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व : प्रदेश प्रमुख


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ १५ २०८१

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले नागरिकको जीवनमा परिवर्तन ल्याउने काम गर्नु अहिलेको दायित्व भएको भन्दै गणतन्त्रलाई विफल बनाउने प्रयास सफल नहुने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र स्थापनाको सबैको योगदान रहेको चर्चा गर्दै अब सामाजिक न्यायका लागि काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बोल्नुभएको थियो ।

कार्यक्रममा पत्रकार, सहिद परिवारलगायतलाई सम्मान गरिएको थियो ।

भुटनदेवी माविको चौरबाट सुरुभएको प्रभातफेरि हेटौँडा बजार परिक्रमापछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आएर कार्यक्रममा परिणत भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend