पब्लिक सूचना
प्युठान, जेठ १४ गते । २०७३ सालमा स्वर्गद्वारी नगरपालिकाको माडी नदीमाथि बनाउन थालिएको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीले भिङ्ग्री–जुलुके–नल्सी पक्की पुल निर्माणमा ढिलाइ भएको हो । “पक्की पुल बन्ने भयो भनेर हामी निकै खुसी भएका थियौँ,” स्थानीय शरद विष्टले भन्नुभयो, “तर, यतिका वर्षसम्म पनि पुल निर्माण भएन ।” पुल निर्माण समयमै नहुँदा स्थानीय निराश भएको उहाँले बताउनुभयो ।
विभिन्न कारण देखाउँदै निर्माण कम्पनी मृत सञ्जीवनी लोहनी एन्ड ब्रदर्स जेभीले म्याद थप गर्दै आएको छ । कम्पनीले २०७३ वैशाख ६ गते भ्याटसहित आठ करोड ७१ लाख ६३ हजार रुपियाँमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीले पुल अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् । व्यवसायीले पुल निर्माण सम्पन्न गर्नतिर अग्रसरता नदेखाएको स्थानीय बताउँछन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend