पब्लिक सूचना
सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ। आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
महोत्तरीमा न्यू साई ज्वेलर्सका सञ्चालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका सञ्चालक चन्दनकुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको महासंघले उल्लेख गरेको छ। महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यी पसलबाट गरगहना चोरी भएको छ।
हाल व्यवसायीहरू आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरू झनै बढ्न सक्ने भन्दै महासंघले व्यवसायीलाई सचेत हुन आग्रह गरेको छ।
त्यस्तै सरकारसमक्ष शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले माग गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend