logo
  • शनिबार, असोज १७ २०८३

७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ १३ २०८१

१३ जेठ, काठमाठौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ ।

उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend