logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन, माग पूरा नभए देशभर आन्दोलन गर्ने चेतावनी


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं : सरकारले आफूहरूका मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए । सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढाउने उनले चेतावनी दिए।

उनले आफ्नो बचत फिर्ता नपाउँदाको नागरिकको पीडा सरकारले सुन्नुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend