logo
  • शनिबार, असोज १७ २०८३

तोलामा १८ सय रुपैयाँले घट्यो सुन


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १० २०८१

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार १ सय रुपैयाँ घटेको सुनको मूल्यमा बिहिबार प्रतितोला  १८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन१ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend