logo
  • शनिबार, असोज १७ २०८३

नेपालका तीन बक्सरले ओलम्पिक छनोट खेल्दै


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ९ २०८१

बक्सिङको दोश्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

मे २४ देखि जुन ३ तारिखम्म हुने पेरिस ओलम्पिकको छनोट प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन्।

महिला ५४ केजीमा अन्जनी तेलीले खेल्ने छिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे।

सदस्य–सचिव घिसिङले खेलाडीको हौसला बढाउदै भने– ‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नु होला । पेरिस पारालिम्पिकमा तेक्वान्दोकी पलेशा गोबर्धन र पेरिस ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ छनोट भएर अहिले नेपाली खेलकुदमा सरकरात्मक सन्देश प्रवाह भएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend