logo
  • शनिबार, असोज १७ २०८३

प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सर्‍यो


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ६ २०८१

काठमाडौं, जेठ ६ गते । आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराउनुभएको हो ।

सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेताहरुमा शनिबार सहमति भएअनुसार आज कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयका सदस्यहरुको भनाइ छ । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आज बिहानदेखि कार्यदलले टिओआर विषयमा गृहकार्य गरिरहेको बताइएको छ ।

“सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” महासचिवद्वारा जारी सूचनामा भनिएको छ ।

यसैविच आज दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि दुई घण्टा ढिलाे सारिएको छ । महासचिव पाण्डेयले जारी गर्नुभएको सूचनामा आजै दिउँसो ३ः१५ का लागि सभा बैठक सारिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend