logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिने


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ४ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन् ।

सत्ता साझेदार दलले विश्वासको मत फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार उनले ७ जेठमा विश्वासको मत लिन लागेका हुन् ।

यसअघि सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले सरकार छाड्दै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसयता उनले प्रतिनिधिसभाबाट तीनपटक विश्वासको मत लिइसकेका छन् । उनले २६ पुस २०७९ मा पहिलोपट प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यसबेला उनी एमालेसँगको गठबन्धनमा थिए ।

तर, गठबन्धन फेरिएर कांग्रेस र माओवादी केन्द्र एक ठाउँदमा उभिँदा एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएका थिए ।

फेरि एमाले र माओवादी केन्द्रको गठबन्धन बन्यो । त्यसपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले ३० फागुनमा तेस्रोपटक विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत पाउनका लागि १३८ सांसदको समर्थन आवश्यक हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend