logo
  • शनिबार, असोज १७ २०८३

पेट्रोल लिटरमै ७ रुपैयाँ घट्यो


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ३ २०८१

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल  ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

हेर्नुहोस् आयल निगमको विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend