logo
  • शनिबार, असोज १७ २०८३

संसद् अवरोध फुकाउन प्रचण्ड पहल, देउवा पुगे बालुवाटार


  • पब्लिक सूचना
  • आइतबार, बैशाख ३० २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेस नेताहरूसँग छलफल गरेका छन् ।

अहिले बालुवाटारमा प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलाबिच छलफल भइरहेको छ ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्ने लगायतका विषयमा कुराकानी भइरहेको बुझिएको छ ।

कांग्रेस सभापतिका सहयोगी भानु देउवाले अहिले बालुवाटारमा भेटवार्ता भइरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend