logo
  • शनिबार, असोज १७ २०८३

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख २७ २०८१

गोदावरी (कैलाली), वैशाख २७ गते । बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख भीमबहादुर भण्डारीले बिहीबार उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको थियो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित हुनुभएको थियो ।

सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गतवर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend