logo
  • शनिबार, असोज १७ २०८३

कलंकीबाट हराएकी २० वर्षीया स्नेहा पशुपति मन्दिर परिसरमा फेला


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख २७ २०८१

काठमाडौँ । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले  बताए ।

उनी चितवनको कालिका नगरपालिका–६ स्थित जमुनापुरकी स्थानीय हुन् । काठमाडौँको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको एसएसपी रजौरेले जानकारी दिए ।

लामिछानेले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend