logo
  • शनिबार, असोज १७ २०८३

महिला खुलामा अनिशालाई स्वर्ण


  • पब्लिक सूचना
  • बुधबार, बैशाख २६ २०८१

काठमाडौँ, वैशाख २६ गते । एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा स्वर्ण जित्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गर्नुभयो ।

नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलोङ्गी पहिलो हुनुभयो । उहाँले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराउनुभयो। पुरुष ६० केजीमुनि फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई पाखा लगाउँदै स्वर्ण हात पार्नुभयो ।

पुरुष ७० केजीमुनि आर्मीका सनीसिंह सुनार शीर्ष स्थानमा रहनुभयो । उहाँले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाउनुभयो । पुरुष ७० केजीमाथि आईकेओका अमित महर्जनले फाइनलमा एपीएफका पेम्बा छिरि तामाङको चुनौती पन्छाउँदै स्वर्ण जित्नुभयो ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कार प्रदान गर्नुभयो । दुईदिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी नौ टिमका ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend