logo
  • शनिबार, असोज १७ २०८३

सुन्दर अनि रमणीय सर्लाही जिल्लालाइ चुनौती दिदै उखरमाउलो गर्मी


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ २८ २०८०

सुन्दर अनि रमणीय सर्लाही जिल्लाको सुन्दरता अनि हावापानीमा पछिल्लो केहि समययता निकै नै फरक पाइएको छ।पछिल्लो हप्ता गर्मी धेरै बढे पछी सर्लाही जिल्लाको विभिन्न क्षेत्रमा धेरै नै ठुलो असर परेको छ।

गर्मी ह्वात्तै बढेपछि सर्लाही जिल्ला लगाएत विभिन्न जिल्लाहरुमा सुचारु भएका विभिन्न विद्यालयमा बिदा दिन थालेका छन् भने दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ।जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको ४० वर्षीय बिष्णु बानिया आफ्नो दुखेसो पोख्छ्न ।

गर्मी याममा दिन पनि लामो हुने भएकाले काम गर्न थप कठिन हुने उनी र उनका साथीहरू बताउँछन्।  आफ्नै जग्गाजमिन नभएका कारण विगत १५ वर्षदेखि मजदुरी गर्दै आएका उनी पछिल्ला केहिदिनहरूमा बर्खा याममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउँछन्। अर्कोतर्फ तापक्रम बढेपछि तराइका अस्पतालहरुमा झाडापखाला, टाइफाइड र भाइरलका बिरामी बढेका छन् भने तराईका अधिकांश विद्यालयमा बिदा दिइएको छ ।

तराईका जिल्लाहरुको तापक्रममा बढे पनि तत्काल वर्षा हुने सम्भावना देखिँदैन । मनसुन नेपाल भित्रन अझै केही दिन लाग्ने र तापक्रम अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । तापक्रम वृद्धिको प्रमुख कारक मानिएको प्रदुषण नियन्त्रणका लागि नीति बनाए पनि सरकारले कार्यान्वयनमा चासो नलिएको विज्ञ बताउँछन् । बढ्दो पेट्रोलियम सवारीको प्रयोग, उद्योग तथा कलकारखानाको प्रदूषण, कुहिने फोहोरबाट निस्कने ग्यास तथा प्लाष्टिकजन्य फोहोरका कारण तापक्रम लगातार वृद्धि भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend