logo
  • शनिबार, असोज १७ २०८३

रास्वपाले बोलायो केन्द्रीय समिति, सचिवालय पनि बस्दै


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १९ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो।

‘कार्यसूची तय गर्न बाँकी छ। समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षाका लागि बैठक बस्न लागेको हो,’ उनले सेतोपाटीसँग भने।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ।

रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए।

सबै बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend