पब्लिक सूचना
उदयपुर : जिल्लाको पूर्वी क्षेत्रमा डढेलोका कारण ३०० हेक्टरभन्दा बढी जंगलमा क्षति पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार १० दिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति पुगेको हो।
खडेरीका कारण जङ्गल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाले साना रुखबिरुवा नष्ट भएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए।
यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका-५ क्षेत्रका जंगलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ। डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend