logo
  • शनिबार, असोज १७ २०८३

३ वर्षीया बालिकाको हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १७ २०८१

जनकपुरधाम- सिरहा प्रहरीले छिमेकीको छोरीको हत्या गरेको आरोपमा आमा र छोरीलाई पक्राउ गरेका छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका- १८ जरुवा लक्ष्मिनिया टोल बस्ने  ४७ वर्षीया सोना देवी यादव र छोरी पूजाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गत बुधबार बिहान १० बजेको समयमा स्थानीय रमेश यादवको छोरी वर्ष ३ वर्षीया रियाकुमारी यादव आफ्नै घरबाट हराई बेपत्ता भएकी थिइन्।

प्रहरीमा जानकारी गराएपछि रियालाई खोजतलास गर्ने क्रममा शुक्रबार राति करिब साढे ११ बजेको समयमा रिया मृत फेला परेकी थिइन्।

विशेष सूचनाको आधारमा रमेशको घरभन्दा उत्तर पट्टीसँगै रहेका छिमेकी सोना देवीको घरको छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टाभित्र सेतो कालो रंगको प्लाष्टिकको बोराभित्र रियाको शवलाई लुकाईछिपाई गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाका अनुसार करिब १ वर्षदेखि सोना देवीका श्रीमान् धनिकलाल र रमेशको घर परिवारसँग झै-झगडा हुँदै आएकोमा सोही कुराको रिसिइवी राखी रियाको हत्या गर्ने योजना बनाएका थिए।

गत बुधबार रमेशको छोरी रिया खेल्दै घर आंगनमा आएकोदेखि पसलबाट बिस्कुट खरिद गरी ल्याई  रियालाई दिएर फकाई आफ्नो घरभित्र लगि घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

घटना पश्चात् धनिकलाल फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend