logo
  • आइतबार, असोज १८ २०८३

इलाममा २१ हजार मत गनिसक्दा एक भोट पनि नल्याएका डाकप्रसाद गौतम को हुन् ?


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १७ २०८१

काठमाडौं ।  इलाममा झण्डै २२ हजार मत गनिसक्दा पनि एक जना स्वतन्त्र उमेद्वारले भने अहिलेसम्म एउटा भोट पनि पाएका छैनन् ।

महिला चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले हजारौं भोटि गनिसक्दा पनि खातासमेत खोल्न नसकेका हुन् । पूर्व माध्यमिक शिक्षक गौतम इलामका जानपहिचान व्यक्ति समेत हुन् । तर उनले एक भोट पनि ल्याउन सकेका छैनन् ।

गौतम यसअघि लिम्बुवान मुभमेन्टमा समेत आवद्ध थिए । यसअघिको निर्वाचनमा उनले बिपी कांग्रेसबाट उम्मेद्वारी दिएका थिए ।

अन्य बिपी कांग्रेसले पनि नपत्याएपछि यसपटकको चुनावमा गौतम महिला चुनाव चिन्हबाट स्वतन्त्र उमेद्वार बनेका हुन् । इलामको पछिल्लो मत परिणाम अनुसार एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतसहित अग्रता बढाइरहेका छन् ।

यसैगरी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २८० मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ४ हजार ६३४ मत पाएका छन् ।

यस्तै चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् । त्यस्तै एकीकृत समाजवादीका जीतबहादुर राईले २४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend