पब्लिक सूचना
इलाम : इलाममा मतगणना सुरु गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको मतगणना सुरू गर्नु अघि सर्वदलीय बैठक बसिएको हो।
शनिबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानको मत गणना अहिलेसम्म सुरु भएको छैन। मतदानपश्चात रातभर मतपेटिका संकलन गरि इलाम ७ मा रहेको गौतमबुद्ध सभागृहमा राखिएको थियो।
सभागृहका दुई स्थानमा मतगणना गर्ने तयारी रहेको छ । निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मतगणना सुरु गर्ने विषयमा मतगणना स्थलमै सर्वदलीय बैठक बस्न लागिएको उनले जानकारी दिए ।
ख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend