पब्लिक सूचना
काठमाडौं– नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरू भएको हो।
काठमाडौंको होटल सोल्टीमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
द्विपीक्षीय वार्ताका क्रममा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
द्विपक्षीय भेटवार्ता अघि सोल्टीमै प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच वान टु वान भेटवार्ता भएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend